बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ओली र लेखकलाई भोलि अदालतमा पेस गरिने


    हुलाक प्रेस

    • शनिबार, चैत १४ २०८२०८:१८
    ओली र लेखकलाई भोलि अदालतमा पेस गरिने

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार (भोलि) अदालत पेस गरिने भएको छ । 

    शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई आइतबार प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै अदालतमा पेस गर्नेछ ।

    ओली र लेखक दुवैलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको घटनाको सत्यतथ्य बुझ्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले आज बिहान ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

    कार्की आयोगले लापरबाही र हेलचेक्राइंका कारण जेन–जी आन्दोलनक्रममा मानिसहरूको मृत्यु भएको भन्दै त्यसमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान गरी अभियोजन गर्न सिफारिस गरेको थियो । 


    प्रतिक्रिया दिनुहोस