शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता


    हुलाक प्रेस

    • सोमबार, चैत १६ २०८२०८:२४
    गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता

    काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशरण चौधरीसहित तीनजनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ । 

    अध्यक्ष कमलेशरणसहित सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी र सन्तकुमार यादवविरुद्ध सामूहिक बलात्कार मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले 'भैरहवा–१५' नाम परिवर्तनको जाहेरीका आधारमा मुद्दा अघि बढाएको हो ।

    मुद्दा दर्तासँगै चौधरीको पदसमेत संकटमा परेको छ । यस प्रकरणमा सन्तकुमार भने हाल थुनछेकका लागि कारागारमा छन् । घटनाबारे पीडितले २०८१ असोज ६ गते किटानी जाहेरी दिएकी थिइन् ।

    यता, अध्यक्ष चौधरीले आरोप अस्वीकार गर्दै आफूलाई फसाइएको दाबी गरेका छन् र कानुनी लडाइँ लड्ने बताएका छन् ।

     


    प्रतिक्रिया दिनुहोस