बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश


    हुलाक प्रेस

    • बुधबार, चैत १८ २०८२०८:३५
    सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीश

    काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन् । प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी हुन् ।

    संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिने व्यवस्था छ । नेपालको संविधानको धारा १२९ को उपधारा (९) मा यस्तो प्रबन्ध छ । सपना प्रधान मल्ल २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । 

    पहिलो संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रहेकी मल्लले सर्वोच्च अदालतमा करिब एक दशकको सेवा अवधिमा लैंगिक न्याय, लैंगिक तथा घरेलु हिंसा र संवैधानिक मुद्दाहरूमा नजिर स्थापित गरेकी छन् ।

    नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि भने संवैधानिक परिषद् पूर्ण हुन बाँकी रहेकाले प्रक्रिया केही समय लाग्ने देखिएको छ ।

    संसद् सञ्चालन, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट नियुक्तिपछि मात्रै स्थायी प्रधानन्यायाधीश टुंगो लाग्नेछ ।


    प्रतिक्रिया दिनुहोस