काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनालले पाएका छन्।
गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरिएको थियो। उनलाई फिर्ता गर्ने निर्णय भएको एक सातापछि एसएसपी खनाललाई पठाइएको हो।