शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इनिशा मृत्यु प्रकण : चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाइयो


    हुलाक प्रेस

    • बुधबार, चैत १८ २०८२०८:५२
    इनिशा मृत्यु प्रकण : चार नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाइयो

    सुर्खेत । जिल्ला अदालत सुर्खेतले इनिशा विकको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकहरूलाई पुपर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको छ ।

    न्यायाधीश दीपक ढकालको इजलासले चारै जना नाबालकहरूलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन मंगलबार आदेश दिएको हो । उनीहरूलाई बालबालिका ऐन २०७५ को दफा २४ को उप दफा २ (ख) बमोजिम बाल सुधारगृहमा पठाएको सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी उज्वलदेव रावलले जानकारी दिए । 

    सूचना अधिकारी रावलका अनुसार, हाललाई पुर्पक्षका लागि सुधारगृह पठाइए पनि मुद्दाको अन्तिम फैसला भने बाँकी नै रहेकोले सबै साक्षीहरूको बयान र प्रमाणहरूको अध्ययन गरिसकेपछि मात्र यस मुद्दामा अन्तिम ठहर हुने बताए ।

    गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिशा वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । उनी वीरेन्द्रनगर–६ स्थित उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् ।

    फागुन २३ गते बिहान ‘प्रयोगात्मक परीक्षा छ’ भन्दै घरबाट निस्किएकी इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित सहिद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन् । 

    मृतकका आफन्तले इनिशामाथि बलात्कारपछि हत्या गरिएको दाबी गर्दै दोषीलाई हदै सम्मको कारबाहीको माग राख्दै आएका थिए ।


    प्रतिक्रिया दिनुहोस