बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आज जुम्लामा सबैभन्दा चिसो, तापक्रम माइनस ६.६ डिग्री पुग्यो


    हुलाक प्रेस

    • शनिबार, पुस २१ २०८००९:२७
    आज जुम्लामा सबैभन्दा चिसो, तापक्रम माइनस ६.६ डिग्री पुग्यो

    काठमाडौं । देशभर चिसो बढ्दो क्रममा छ। हिमाली क्षेत्रमा हिमपात र तराईमा बाक्लो हुस्सुका कारण बिहानको जनजीवन प्रभावित बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ। 

    यस्तै महाशाखाका शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    देशका तराई भू-भागका केही स्थानहरू हुस्सु/कुहिरो लाग्न सक्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ। साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

    देशभर चिसो बढ्दो क्रममा छ। राजधानी काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियससम्म पुगेको छ। जुम्लामा सबैभन्दा चिसो माइनस ६.६ डिग्री सेल्सियस रहेको छ भने जोमसोममा पनि माइनस ४.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ। जिरीमा माइनस ०.७ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम पुगेको छ।

    आइतबार कोशी, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


    प्रतिक्रिया दिनुहोस