बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि निरन्तर सुनुवाइ


    हुलाक प्रेस

    • सोमबार, चैत २३ २०८२०८:२१
    ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि निरन्तर सुनुवाइ

    काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज (चैत २३) पनि निरन्तर हुने भएको छ ।

    आइतबार (चैत २२) सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो ।

    ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ । आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । सम्भवतः आजै निर्णय आउन सक्नेछ ।

    भदौ २३ र २४ को घटनामा जाँचबुझका लागि गठित आयोगको सिफारिसअनुसार, ओली र लेखक अनुसन्धानका लागि पक्राउ परेका थिए । दुवै जना चैत १४ गते बिहान पक्राउ परेका थिए ।


    प्रतिक्रिया दिनुहोस