बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्यायालयमा चार दशक बिताएका भण्डारीलाई सम्पत्ति छानबिनको जिम्मा


    हुलाक प्रेस

    • बुधबार, वैशाख २ २०८३१०:२८
    न्यायालयमा चार दशक बिताएका भण्डारीलाई सम्पत्ति छानबिनको जिम्मा

    काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्‍यो ।

    सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । समितिमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य छन् ।

    यो समितिले ०६२/६३ देखि ०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ ।

    सम्पत्ति जाँचबुझ आयोगको नेतृत्व सम्हालेका भण्डारीले न्याय क्षेत्रमा भण्डै चार दशक बिताएका छन् । भण्डारी 'क्याडर'बाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालजतको न्यायाधीश बनेका थिए ।

    चार सदस्यीय आयोगमा पूर्वन्यायाधीशद्वय चण्डीराज ढकाल र पुरुषोत्तम पराजुली पनि छन् । उनीहरूले पनि ‘क्याडर’ बाट जिल्ला न्यायाधीश हुँदै उच्च अदालतबाट अवकास पाएका थिए ।


    प्रतिक्रिया दिनुहोस