बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता


    हुलाक प्रेस

    • सोमबार, वैशाख ७ २०८३०९:४४
    एमाले नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा सक्रिय नेता कर्ण मल्लविरुद्ध जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको छ ।

    एक गायिकामाथि जबरजस्ती करणी गरेको तथा धम्की दिएर गर्भ पतनसमेत गराएको अभियोगमा उनलाई गर्भ संरक्षणविरुद्धको पनि अभियोग लागेको छ । 

    कर्णाली प्रदेशको मुगु जिल्ला सोरु गाउँपालिका–१० धैनकोट घर भएका मल्ल काठमाडौंको चन्द्रागिरी नगरपालिकामा बसोबास गदै आएका थिए । 

    ५२ वर्षीय  मल्लविरुद्ध पीडित भनिएकी महिलाको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

    ०८० भदौ १२ मा एकछिन भेटौँ भनेर बोलाएका मल्लले खाजा खाएकै होटलको कोठामा आफूलाई जबरजस्ती करणी गरेको महिलाको आरोप छ ।

    उनले त्यसयता दुई वर्षसम्म निरन्तर जबरजस्ती करणी गरेको उनको दाबी छ । निरन्तरको यौन सम्पर्कका क्रममा पेटमा गर्भ बसेपछि मल्लले ०८२ असार २ गते गर्भपतन गर्न लगाएपछि आफू मानसिक तनावमा परेको उनको भनाइ छ । 

    अधिकार प्राप्त अधिकारीसँगको बयानमा ती महिलाले मल्लले उजुरी गरे ज्यान मार्नेसम्मको धम्कीसमेत दिएको बताएकी छिन् । 


    प्रतिक्रिया दिनुहोस