बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्रम्प अमेरिकी राष्ट्रपति चुनाव लड्न योग्य छन् वा छैनन् भन्ने निर्णय सर्वोच्च अदालतले गर्ने


    हुलाक प्रेस

    • शनिबार, पुस २१ २०८०१०:०१
    ट्रम्प अमेरिकी राष्ट्रपति चुनाव लड्न योग्य छन् वा छैनन् भन्ने निर्णय सर्वोच्च अदालतले गर्ने

    काठमाडौं। अमेरिकाकाे सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको दौडमा सामेल हुने वा नहुने विषयमा ऐतिहासिक मुद्दाको सुनुवाइ गर्ने बताएको छ।

    यो मुद्दाको सुनुवाइ फेब्रुअरीमा हुनेछ र यसको फैसला सम्पूर्ण देशमा लागू हुनेछ। कोलोराडो राज्यको फैसलाविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशले सुनुवाइ गर्न सहमति भएका छन्। कोलोराडोले आफ्नो निर्णयमा ट्रम्पलाई प्राथमिक चुनाव लड्नबाट रोक्न २०२४ को मतपत्रबाट हटाएको थियो।

    डोनाल्ड ट्रम्पले पनि माइन राज्यले लिएको यस्तै निर्णयलाई चुनौती दिएका छन्। ठ्याक्कै तीन वर्षअघि आजको दिन ६ जनवरी २०२१ मा राष्ट्रपति चुनावमा जो बाइडेनको हातबाट पराजित भएपछि ट्रम्पका समर्थकहरूले क्यापिटल हिलमा हुलदंगा मच्चाएका थिए।

    यस विद्रोहमा ट्रम्प संलग्न भएको आरोप लगाउँदै र ट्रम्पलाई राष्ट्रपति चुनावबाट अयोग्य ठहराउनुपर्ने माग गर्दै धेरै राज्यमा मुद्दा दायर गरिएको थियो।

    अमेरिकी संविधानको १४ औं संशोधनले ‘विद्रोह वा विद्रोहमा संलग्न’ कुनै पनि व्यक्तिलाई संघीय पद धारण गर्न निषेध गर्दछ। यद्यपि ट्रम्पका वकिलहरूले यो संशोधन राष्ट्रपतिमा लागू नहुने तर्क गरेका छन्।

    ट्रम्पका वकिलहरूले कोलोराडोकाे सर्वोच्च अदालतको निर्णयले कोलोराडोका लाखौं मतदाताहरूलाई असंवैधानिक रूपमा वञ्चित गर्ने बताउँछन्।


    प्रतिक्रिया दिनुहोस