बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बुधबार तीव्र गतिको हावाहुरी चल्ने, प्राधिकरणको सातबुँदे आग्रह


    हुलाक प्रेस

    • मंगलबार, वैशाख १५ २०८३१०:१७
    बुधबार तीव्र गतिको हावाहुरी चल्ने, प्राधिकरणको सातबुँदे आग्रह

    काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार (वैशाख १६) मुलुकका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने जानकारी दिएको छ ।

    विभागले कोसी प्रदेशका मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहित आसपासका जिल्ला, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्ला र सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहित आसपासका जिल्लामा तीव्र गतिको हावारी चल्ने सम्भावना रहेको जानकारी दिएको छ ।

    विभागका अनुसार यी स्थानमा बुधबार साँझ ५:४५ बजे हुरी सुरु भई १७ गते बिहान ७:४५ बजेसम्म रहने अनुमान गरिएको जनाएको छ । त्यस्तै मेघ गर्जन/चट्याङ/हावाहुरी/असिनासहित पानी पर्ने प्रणाली प्रणाली क्रमशः पश्चिमदेखि पूर्वतिर सर्दै जाने सम्भावना रहेको पनि जनाएको छ ।

    तीव्र हावाहुरिका कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहने पनि विभागले जनाएको छ । यसबाट जोगिन विभागले सातबुँदे आग्रह गरेको छ ।

    यस्तो छ विभागको आग्रह

    सकेसम्म घरबाहिर हिँडडुल नगर्ने ।
    घरको झ्यालढोका राम्रोसँग बन्द गर्ने ।
    जस्तालगायतबाट बनेको छानो कमजोर छ भने बन्धन बलियो बनाउने ।
    घरबाहिर आगो नबाल्ने, घरभित्र आगो बाल्दा पनि सावधानी अपनाउने ।
    लड्न सक्ने कमजोर संरचना, अग्ला रुख, खम्बानजिक र बिजुलीको तारमुनि नबस्ने ।
    बिजुलीको तार लत्रिएको छ भने नछुने ।
    उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम हुने भएकाले चनाखो रहने ।
    यसका साथै जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित जानरीमा राखी सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।


    प्रतिक्रिया दिनुहोस