काठमाडौँ । राष्ट्रिय सभामा रिक्त हुने १९ सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि कुरा नमिलेको हो ।
‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ जनमत पार्टीका अध्यक्ष सिके राउनले भने, ‘कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाबीच मुख्यगरी कुरा मिलेन ।’