काठमाडौँ । अनामनगर, विनायकनगर स्थित ७ तले घरका मालिक ईन्द्र चाम्लिङलाई प्रहरीले पक्राउ गरेको छ । धोबी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको उनको घरमा आइतबार डोजर चलेको थियो ।
७ तले घरका ४ तला भत्काइएका छन् । उनको घरमा बन्दूक, प्रहरी दर्ज्यानी चिन्ह र बर्दी भेटिएपछि सोधपुछका लागि प्रहरी वृत्त नयाँ वानेश्वरले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी समक्ष उनले ती सामान सुटिंग प्रयोजनका लागि राखिएको बयान दिएका छन् ।
शक्ति केन्द्रको बल लगाएर उनले त्यो घर बनाएको भनेर चर्चा भइरहँदा उनी प्रहरी नियन्त्रणमा परेका हुन् ।