बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा प्रारम्भिक सहमति


    हुलाक प्रेस

    • आइतबार, पुस २२ २०८००८:४८
    राष्ट्रिय सभा निर्वाचनका लागि  सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा प्रारम्भिक सहमति

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सहमतिको प्रारम्भिक खाका तयार भएको छ ।

    हिजो (शनिबार) राति अबेरसम्म बसेर प्रारम्भिक खाका तयार पारिएको एक नेताले बताए । जसअनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले दुई र जसपाले एक सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको छ ।

    एकीकृत समाजवादीले भने सिट चित्त नबुझेको भन्दै हिजो बैठक छोडेर हिँडेका थिए । यता, सत्ता गठबन्धनमा साना दलहरूले सिट मागे पनि उनीहरूले नपाउने निश्चित जस्तै भएको छ ।


    प्रतिक्रिया दिनुहोस