काठमाडौं । राष्ट्रिय परिचयपत्रको सिस्टमले काम नगर्दा सेवाग्राही मर्कामा परेका छन् । गत सातादेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्याले राष्ट्रिय परिचयपत्रको काम हुन सकेको छैन ।
नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालका अनुसार सिष्टममा देखिएको समस्या हल गर्न काम भइरहेको छ । ‘सिस्टममा समस्या आएपछि त्यसको सामाधानका लागि निरन्तर प्रयास भइरहेको छ । सकेसम्म चाँडै हल गर्ने प्रयास भइरहेको छ’ अर्यालले भने ।
सिस्टममा समस्या आउँदा विवरण सच्याउने, जन्म दर्ता गर्दाका बखत प्राप्त हुने, राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त हुने, सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्दा बायोमेट्रिक रुजु हुनेजस्ता सेवा अवरुद्ध भएका छन् ।