बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नक्कली प्रहरी पक्राउ परेपछि...


    हुलाक प्रेस

    • बुधबार, जेठ १३ २०८३११:३१
    नक्कली प्रहरी पक्राउ परेपछि...

    काठमाडौँ । प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवा पक्राउ परेका छन् ।

    नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार आज काठमाडौँ महानगरपालिका–७ गौरीघाट पक्राउ परेका हुन् ।

    निजले चाबहिललगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हबल्दार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । रासस


    प्रतिक्रिया दिनुहोस