बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विपक्षीको आमहड्तालका बीच बंगलादेशमा आज निर्वाचन हुँदै


    हुलाक प्रेस

    • आइतबार, पुस २२ २०८००९:१९
    विपक्षीको आमहड्तालका बीच  बंगलादेशमा आज निर्वाचन हुँदै

    काठमाडौं । बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको छ । विवादास्पद राजनीतिक परिस्थितिका बीच निर्वाचन भइरहेको हो । 

    विपक्षी दलहरूले यो निर्वाचन बहिष्कार गरेका छन् । निर्वाचन विथाेल्न उनीहरूले हिजोदेखि दुईदिने देशव्यापी आमहड्ताल गरिरहेका छन् । देशका विभिन्न मतदान केन्द्रमा विष्फोट र आगजनीका समाचार आइरहेका छन् । रेलमा आगलागीको घटना पनि भएको छ ।

    प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले प्रधानमन्त्री शेख हसिनाको ‘अवैध सरकार’को राजीनामाको माग गर्दै शनिबारदेखि ४८ घण्टे देशव्यापी आमहड्तालको आह्वान गरेको हाे । 

    पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बीएनपीले आमनिर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हाे ।

    पार्टीले निर्वाचनको पर्यवेक्षणका लागि अन्तरिम गैरदलीय तटस्थ सरकार गठनको वकालत गरिरहेको थियाे, जुन मागलाई प्रधानमन्त्री हसिना नेतृत्वको सरकारले अस्वीकार गर्‍याे ।

    बीएनपीले घोषणा गरेको आन्दोलनप्रति बंगलादेशका अन्य केही प्रमुख विपक्षी दलले पनि प्रतिबद्धता जनाएका छन् । 

    सन् २००९ देखि सत्तामा रहेकी ७६ वर्षीया शेख हसिना बंगलादेशमा फेरि पनि प्रधानमन्त्री बन्ने दाउमा छिन् । प्रमुख विपक्षी दलसहितका प्रभावशाली केही दलहरूले भाग नलिएको मतदानमा ७६ वर्षीया हसिना अर्काे कार्यकालका लागि निर्वाचित हुने निश्चित भएको बताइन्छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने जनाइएको छ । 


    प्रतिक्रिया दिनुहोस