काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो ३०० ग्राम सुन बरामद गरेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले शनिबार राति १२ः५ बजे फ्लाई दुबईबाट आएका एक जना यात्रुको साथमा सुन बरामद भएको जानकारी दिए ।
दुबईबाट आएकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले भित्रि वस्त्रमा सुन लुकाएर ल्याउने क्रममा पक्राउ परेकी हुन् । यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।