बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन माग


    हुलाक प्रेस

    • शनिबार, जेठ १६ २०८३१०:०९
    निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन माग

    काठमाडौँ । नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन माग गरेको छ ।

    निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्क अन्तर्गत तीन प्रतिशत कर उठाउन निर्णयको संघले विरोध गरेको हो। ''उपचार गराउन आएका बिरामीहरूबाट समेत कर उठाउनुले थप आर्थिक भार पर्न गई ठूलो अन्याय हुने संघको ठहर छ,'' विज्ञप्तिमा भनिएको छ । 

    संघले अन्यायपूर्ण प्रावधान तत्काल खारेज गर्न माग गरेको छ । 


    प्रतिक्रिया दिनुहोस