बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन


    हुलाक प्रेस

    • आइतबार, जेठ १७ २०८३०८:३४
    ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन

    काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

    यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४२, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०३ जनालाई कारबाही गरिएको हो ।

    यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १५८, निषेधित क्षेत्रमा हर्न बजाउने १३०, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२८, एकतर्फी सडकमा सवारी चलाउने ९५ र अन्य सवारी नियम पालना नगरेका ९६२ जनालाई कारबाही गरिएको हो । रासस


    प्रतिक्रिया दिनुहोस