बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • संसद् बैठक बस्दै


    हुलाक प्रेस

    • सोमबार, जेठ १८ २०८३०८:५२
    संसद् बैठक बस्दै

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। 

    आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    कार्यसूचीअनुसार अर्थमन्त्री वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

    यसैगरी, बैठकमा आर्थिक वर्ष २०८३–०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।


    प्रतिक्रिया दिनुहोस