बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश


    हुलाक प्रेस

    • शुक्रबार, असोज १९ २०८०१०:०६
    उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका एक सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुञ्जेल थुनामा पठाउन आदेश दिएको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश गरेको हो ।

    श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

    धरौटी नबुझाई फरार रहेका उनलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । थुनामा जानुपर्ने भएपछि उनी धरौटी बुझाउन तयार भएका थिए, तर अदालतले अस्वीकार गरेको हो ।

    २० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो ।

    नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय क्याम्पस इकाइका तत्कालीन सभापति हरिप्रसाद आचार्य र सचिव योगेन्द्र रावलको नेतृत्वको समूहले आफूलाई आक्रमण गरेको उपप्राध्यापक चलाउनेले बताउँदै आएका छन् ।

    घटनामा उनीहरूसहित दीपकराज ओझा, रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगर लगायत संलग्न भएको आरोप थियो । उनीहरूमाथिको मुद्दा जिल्ला अदालतमा विचाराधीन नै छ ।


    प्रतिक्रिया दिनुहोस