काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको १३ महिनामा नै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभामा उठ्ने भएका छन् । कांग्रेसले माघ १३ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको संसदीय बोर्डको बैठकले उनलाई उमेदवार बनाउने निर्णय गरेको हो । उमेदवार हुने पक्का भएपछि उनी प्रदेशतर्फ हिँडेका छन् ।
चुनाव हारेको कार्यकालयमा नै उमेदवार बनाउन नहुने भन्दै आलोचना भइरहेको बेला कांग्रेसले उनैलाई अघि सारेको हो ।