बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना आरोपमा इन्सपेक्टर गुरुङसहित दुई जना पक्राउ


    हुलाक प्रेस

    • आइतबार, असार २१ २०८३१२:५३
    सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना आरोपमा इन्सपेक्टर गुरुङसहित दुई जना पक्राउ

    काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको स्कुलमा आर्थिक मिनामिना भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा स्कुलमै कार्यरत प्रहरी निरिक्षक तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार दुवै जनालाई शनिबार पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौ, एसपी भट्टराईले भने ।

    सशस्त्र प्रहरी हेडक्वाटरले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । स्कुलको ठूलो रकम हिनामिना गरेको आरोपमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । सशस्त्र स्कुलको खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर करोडौं रकम हिनामिना गरेको आरोप छ ।


    प्रतिक्रिया दिनुहोस