बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवार मनोनयन


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८००९:०७
    राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवार मनोनयन

    काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवार मनोनयन हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । 

    उम्मेदवार छनोटका लागि दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन् । उम्मेदवारउपर २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उम्मेदवार अन्तिम नामावली प्रकाशन हुनेछ । 

    पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवार निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

    माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।


    प्रतिक्रिया दिनुहोस