काठमाडौं । एफए कपमा इंग्लिस प्रमियर लिगमा उपाधि होडमा रहेको लिभरपुल र आर्सनलबीचको खेलमा लिभरपुलले २-० को जित निकालेको छ। अन्तिम समयमा दुई गोल गर्दै लिभरपुल एफए कप फुटबलको चौथो चरणमा स्थान पक्का गर्याे।
आइतबार लिभरपुल प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलविरुद्ध ८० मिनेटपछि दुई गोल गर्दा लिभलपुलले अघिल्लो चरण यात्रा तय गरेकाे हाे।
लिभरपुलको जितमा लुइस डिआजले एक गोल गर्दा अर्को गोल आर्सनलका जाकुव विविओरले आत्माघाती गरेका थिए।
८० औं मिनेटमा ट्रेन्ट एलेजान्डरको फ्रिकिकलाई जाकुवले आफ्नै पोष्टमा हेडर गोल गर्दै लिभरपुललाई अग्रता दिलाइदिए। इन्जुरी समयको पाँचौं मिनेटमा डिअगो जोटाको पासमा डिआजले गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो।
घरेलु टोली आर्सनलले पहिलो हाफमा बलमाथि पकड बनाएपनि गोल गर्न भने सकेन। लिभरपुलले कप्तान भर्जिल भान डाइक र स्ट्राइकर मोहम्मद सलाह बिना खेलेको थियो।