बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • उच्च अदालत जनकपुरमा ७० प्रतिशत मुद्दा फर्छ्योट, १६ महिना पुराना मुद्दा शून्य


    हुलाक प्रेस

    • बिहीबार , असार ३२ २०८३०८:३०
    उच्च अदालत जनकपुरमा ७० प्रतिशत मुद्दा फर्छ्योट, १६ महिना पुराना मुद्दा शून्य

    जनकपुरधाम । चालु आर्थिक वर्षमा उच्च अदालत जनकपुरधामले ७० प्रतिशतभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । अदालतले आर्थिक वर्ष २०८२/८३ मा ७० दशमलव ८८ प्रतिशत मुद्दा मुद्दा फर्छ्योट गरेको हो ।

    उच्च अदालतका कायममुकायम मुख्य न्यायधिश टेकनारायण कुँवरका अनुसार जिम्मेवारी सरेर आएका दुई हजार २६७ र नयाँ चार हजार २५० गरी ६ हजार ५१६ मुद्दा दर्ता भएका थियो । जसमध्ये चार हजार ६४९ (७०.८८) प्रतिशत मुद्दा फर्छ्योट भएको हो । अदालतमा १६ महिना पुराना मुद्दाहरूको संख्या शून्य रहेको कुँवरले बताए ।

    अदालतले यस वर्ष लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेको छ । गत वर्ष दर्ता भएका मुद्दामध्ये ६६.०५ प्रतिशत मात्र मुद्दा फर्छ्योट भएको थियो ।

    अदालतले सेवाग्राहीको पहुँच सुनिश्चित गर्न अनलाइन बहस र तारेख लिने व्यवस्था, बहस/सुनुवाइ लाइभ तथा प्रत्यक्ष प्रसारण गरिरहेको मुख्य न्यायधिश कुँवरले बताए ।

    "हामीले दुवै पक्षसँग अनुमति लिएर युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्ने गरेका छौँ," उनले भने, "यसलाई व्यवस्थित बनाउन र दुरुपयोग हुन नदिन कार्यविधि पनि बनाएका छौँ ।"

    अदालतमा उपस्थित हुन नसक्ने पक्षको अनलाइनबाट पनि बहस हुने गरेको उनले सुनाए ।

    मुद्दाका पक्षलाई एसएमएसबाट सम्पूर्ण जानकारी पनि दिने गरिएको उनको कथन छ । न्याय सम्पदानमा सुधार ल्याउन ‘मिट द जज’ गर्ने गरेको उनले बताए । अगामी दिनमा रिमोटबाट खुल्ने–बन्द हुने स्क्यानिङ सुविधायुक्त प्रविधिमैत्री गेट जडान गर्ने अदालतको योजना छ ।


    प्रतिक्रिया दिनुहोस