बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा यात्रुलाई सचेतना अपनाउन आग्रह


    हुलाक प्रेस

    • शनिबार, साउन २ २०८३११:०२
    भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा यात्रुलाई सचेतना अपनाउन आग्रह

    काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुबानको जोखिम बढेको जनाउँदै काठमाडौं उपत्यकाको यात्रामा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले यहाँ आज र भोलि अति भारी वर्षाको सम्भावना रहेको सूचनालाई आधार मानेर काठमाडौं उपत्यकाको उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश तथा निर्गमन मार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीसाधनका चालक, सहचालक तथा यात्रुलाई सावधानी अपनाउन अनुरोध गरेको हो ।

    सकेसम्म राति यात्रा नगर्न, अत्यावश्यक भएमा मौसमी विवरणमा आफूलाई अद्यावधिक गर्न र सडकको अवस्थाबारे स्थानीय प्रशासनबाट पूर्वजानकारी लिएरमात्र सवारीसाधन सडकमा निकाल्न उक्त कार्यालयले यात्रा सचेतना जारी गरेको हो । 


    प्रतिक्रिया दिनुहोस