बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय सभा निर्वाचन: कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८०१२:०४
    राष्ट्रिय सभा निर्वाचन: कृष्णप्रसाद सिटौलाले गरे मनोनयन दर्ता

    काठमाडौं ।  राष्ट्रिय सभानिर्वाचनका लागि नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गरेका छन् ।
     
    सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन् ।

    आइतबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले माघ १३ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको थियो । 

    गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग सिटौला पराजित भएका थिए । 

    सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # #nepalicongress
  • # #rastriyashavanirwachan
  • प्रतिक्रिया दिनुहोस