बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो : सिटौला


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८०१२:१६
    राष्ट्रका चुनौती सामना गर्न पार्टीले टिकट दियो : सिटौला

    काठमाडौं । राष्ट्रिय सभाका लागि कोशी प्रदेशबाट मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न पार्टीले राष्ट्रिय सभाको टिकट दिएको बताएका छन् । 

    सोमबार बिहान विराटनगरमा उम्मेदवारी दर्ता गराएपछि पत्रकाहरुसँग कुरा गर्दै सिटौलाले राष्ट्रका चुनौती सामना गर्न र जनताको हितमा काम गर्न आफुलाई पार्टीले अगाडि सारेको बताएका हुन् । 

    उनले भने  ‘राष्ट्रिय सभामा पुगेपछि राष्ट्र सामु उपस्थित चुनौतीको सामना गर्न र जनताको हितमा काम गर्न साझा दृष्टिकोणका साथ पार्लियामेन्ट अगाडि जानुपर्छ भन्ने मेरो मान्यता हो । मलाई मेरो पार्टीले पनि त्यही भूमिका निर्वाह गर्न सक्छ भनेर नै उम्मेदवार बनाएको हो ।’

    सिटौलाले नेपालको राजनीतिक विकासक्रममा संसदबाट नयाँ ढंगले अगाडि जान आवश्यक भएको बताउँदै सबै दलहरुबीचमा संसदबाट समझदारी निर्माण गरेर नयाँ ढंगले मुलुकसामु उपस्थित चुनौतीको सामना गर्ने कुरामा नीतिगत रुपबाट संयुक्त भएर जानु आवश्यक देखेको बताए । 

    उम्मेदवार छनौटको सन्दर्भमा जतिसुकै विमती भए पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन एकताबद्ध भएर निर्वाचनमा होमिने पनि उनले बताए । ‘निर्वाचनका उम्मेदवार छनोट गर्ने निर्णयका सन्दर्भमा जे जति कुराहरु भएका छन् ती सबलाई थाती राखेर हामी आफ्नो पार्टीका उम्मेदवारहरुलाई र गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भरमग्दुर प्रयास गर्छौं । संयुक्त रुपले एकताबद्ध भएर अगाडि जान्छौं ।’

    नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले पार्टीका उम्मेदवार छनौट प्रक्रियाप्रति लिखित रुपमै असहमति जनाएका थिए । 

    आइतबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले माघ १३ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको थियो । 

    गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग सिटौला पराजित भएका थिए । 

    सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # #rastriyashavanirwachan
  • प्रतिक्रिया दिनुहोस