बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भरतपुरमा बोराभित्र फेला परेका दुई शवको पहिचान खुल्यो


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८०१२:२६
    भरतपुरमा बोराभित्र फेला परेका दुई शवको पहिचान खुल्यो

    काठमाडौं । चितवनको भरतपुरमा बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ । 

    चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान ४६ दिन पछि खुलेको हो । 

    मृतक र हत्यामा संलग्न पनि भारतकै रहेको पनि प्रहरीले जनाएको छ । 

    मृतकको शव भेटिएपछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो । शवको पहिचान खुल्न धेरै समय लागेपटि प्रहरीले २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरेको थियो । 

    चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।


  • सम्बन्धित विषय:

  • # #crime
  • प्रतिक्रिया दिनुहोस