काठमाडौँ । पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक हिमालमा जारी खोज तथा उद्धार अभियानअन्तर्गत चार पर्वतारोहीको शव उठाइएको छ ।
अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनास्थलबाट शव उठाइएका पर्वतारोहीहरूमा निर्मल पुर्जा (निम्स दाइ), वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पा ‘किलु’ रहेका छन् ।
क्लबका अनुसार यसअघि तीन शव उद्धार भइसकेका छन् भने पहिचान भएका थप चार पर्वतारोहीलाई उद्धार टोलीले क्याम्प–१ (सी–१) तर्फ झार्ने काम गरिरहेको छ ।