बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जसपाको केन्द्रीय समिति बैठक बुधबार बस्ने


    हुलाक प्रेस

    • सोमबार, पुस २३ २०८००३:४५
    जसपाको केन्द्रीय समिति बैठक  बुधबार बस्ने
     
    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ । 
     
    यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।
     
    साथै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए । उजका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #jasapa
  • प्रतिक्रिया दिनुहोस