शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा


    हुलाक प्रेस

    • मंगलबार, साउन १९ २०८३०८:४५
    घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सिरहाको सवडिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेबल राय यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगका अनुसार अधिकृत आठौँ प्राविधिक यादवले काष्ठ उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने तथा काठ बोकेर आएका ट्रकको सिल खोलेको मुचुल्का तयार गरिदिने क्रममा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख–हैरानी दिइ घुस मागेको आरोप लागेको हो ।

    सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १२ हजार घुस लिइसकेका अवस्थामा पक्राउ गरेको थियो । रासस


    प्रतिक्रिया दिनुहोस