काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
सोमवार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा सत्ता गठबन्धनसमेत रहेका यी पार्टीबाट नेपाली कांग्रेस २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन् भने माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।