बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • 'तपस्वी'को भेषमा विलाशी जीवनशैली बिताउँथे बम्जन, प्रहरीले पक्राउ गरेसँगै भेटियो करोडौको सम्पत्ति


    हुलाक प्रेस

    • बुधबार, पुस २५ २०८००८:२५
    'तपस्वी'को भेषमा विलाशी जीवनशैली बिताउँथे बम्जन, प्रहरीले पक्राउ गरेसँगै भेटियो करोडौको सम्पत्ति

    काठमाडौं । बाल यौन दुराचार तथा व्यक्ति वेपत्ता बनाएको आरोप लागेका रामबहादुर बम्जनले ‘तपस्वी’को भेषमा विलाशी जीवनशैली जिउने गरेको तथ्य बाहिरिएको छ । 

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बम्जनलाई उनकै निवासबाट मंगलबार पक्राउ गरेसँगै उनको साथबाट स्रोत नखुलेको करोडौ रुपैयाँ, २ करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी र लाखौँ रुपैयाँको मोटरसाइलक प्रयोग गर्ने गरर्को कुरा खुलेको छ । उनले प्रयोग गरिरहेको सबै सामान प्रहरीले जफतसमेत गरको छ । स्रोत नखुलेको ३ करोड ३ लाख ७५ हजार रुपैयाँ भन्दा बढी रकम बरामद भएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गर्नु अगाडिसम्म बम्जनका लागि ५ करोड मूल्य पर्ने ल्यान्ड क्रुजर गाडी किन्ने तयारी भइसकेको थियो। त्यसका लागि ३ करोड रुपैयाँ भुक्तानी समेत भइसकेको पाइएको छ। 

    पक्राउ पर्नु अगाडिसम्म उनले टोयोटाको फर्चुनर गाडी चढ्ने गरेका थिए। जसको मूल्य नेपाली बजारमा २ करोड ३२ रुपैयाँसम्म पर्छ। प्रहरीका अनुसार बम्जनले क्रस फायर कम्पनीको डर्ट बाइक, ३०९ सीसीको केटिएम ड्यूक लगायत मोटरसाइकल समेत प्रयोग गर्ने गरेका थिए। 

    ‘लिटिल बुद्ध’का नामले चर्चित भएका बम्जनविरुद्ध आफ्ना अनुयायीहरुलाई बेपत्ता बनाएको तथा बाल यौन दुरुचारको आरोप छ। बाल यौन दुराचारको अभियोगमा सर्लाही जिल्ला अदालतले २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी गरे पनि बम्जन लामो समयसम्म फरार थिए। 

    प्रहरीले बम्जनको खोजीका लागि उनका केही आश्रमहरुमा समेत ‘सर्च अपरेशन’ समेत चलाएको थियो, तर भेटिएनन्। पछिल्लो समय उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँस्थित आफ्नो निवासमा रहेको सूचनापछि सीआईबीले निगरानी बढाएको थियो। 


    प्रतिक्रिया दिनुहोस