बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाँच संसदीय समितिको बैठक बस्दै


    हुलाक प्रेस

    • बिहीबार , पुस २६ २०८००९:२८
    पाँच संसदीय समितिको बैठक बस्दै

    काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ८ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ ।

    त्यस्तै दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद डोलप्रसाद अर्यालबाट श्रमिकको हित विपरीत हुने गरी श्रम मन्त्रालयले गरेका निर्णयका सन्दर्भमा नीतिगत छलफल गराउने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग छलफल हुनेछ ।

    दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपाल र भारतबिच हालै भएको दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौताका सम्बन्धमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीसँग छलफल हुनेछ । 

    त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परीक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धी छलफल हुनेछ ।

     


    प्रतिक्रिया दिनुहोस