काठमाडौं । मंगलबार राति काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेस गरिँदैछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति झण्डै २ बजे मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको छ।
बम्जनलाई हवाई मार्गबाट जनकपुर हुँदै सर्लाही लैजाने तयारी सीआईबीले गरे पनि जनकपुरको मौसम खराब भएपछि उनलाई गाडीमा राखेर सर्लाही लगिएको थियो। बमजनलाई आजै अदालत पेश गरिनेछ। उनीविरुद्धको बलात्कारसम्बन्धी एउटा मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ।
बम्बनविरुद्ध २१ असार २०७७ मा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि छ। बाराको निजगढ नगरपालिका, वडा नं १२, रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी निरन्तर फरार थिए।