शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टिनीको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , पुस २६ २०८०१०:०४
    इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टिनीको मृत्यु

    काठमाडौँ । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ ।  इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ । 

    भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिसहरु आक्रमणमा परि कयौँ घाइते भएका छन् । इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

    गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ । 

    गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ ।  गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

    ५० हजारभन्दा बढी घाइते भएका छन् । यी सङ्ख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन् । गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ ।  गाजाका करिब २३ लाख जनसङ्ख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ । 


    प्रतिक्रिया दिनुहोस