बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला


    हुलाक प्रेस

    • बिहीबार , पुस २६ २०८०११:४०
    भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला

    महेन्द्रनगर (कञ्चनपुर) ।  कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त –६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिए ।

    “बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “रातिको समयमा घटना भएको देखियो ।” उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताए ।

    “प्राम्भिक  हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ”, प्रहरी उपरीक्षक थापाले भने, “घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।” बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी थिए । रासस


  • सम्बन्धित विषय:

  • # #death
  • प्रतिक्रिया दिनुहोस