बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • रुसी सेनामा कार्यरत प्युठानका युवकको मृत्यु


    हुलाक प्रेस

    • बिहीबार , पुस २६ २०८००७:११
    रुसी सेनामा कार्यरत प्युठानका युवकको मृत्यु

    काठमाडौं । रुसी सेनामा आवद्ध थप एक नेपाली युवकको ज्यान गएको छ।

    प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मादे जानकारी दिएका छन्।

    नेपाली कांग्रेस, प्युठानका उपसभापतिसमे रहेका वर्माले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।

    हालसम्म रुसी सेनामा कार्यरत ११ नेपालीको निधन भएको छ। यसअघि परराष्ट्र मन्त्रालयले १० जनाको निधन भएको विवरण सार्वजनिक गरेको थियो।


    प्रतिक्रिया दिनुहोस