बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको सोल्टी होटलमा नेपालको रैथाने बाली प्रदर्शनी


    हुलाक प्रेस

    • बिहीबार , पुस २६ २०८००८:०५
    काठमाडौंको सोल्टी होटलमा नेपालको रैथाने बाली प्रदर्शनी

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले काठमाडौं सोल्टी होटलमा रैथाने बाली प्रदर्शनी आयोजना गरेको छ। कृषि मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (युएनएफएओ) नेपालको संयुक्त आयोजनामा बिहीबार फ्युचर स्मार्ट क्रप्स प्रदर्शनी आयोजना गरिएको हो।

    प्रदर्शनीमा नेपालमा पाइने रैथाने जातका अन्न तथा कृषि उपजहरु राखिएका छन्। कोदो, फापर, लट्टे, कागुनो, फापर, जुनेलो, धानकोदो, सिमी भटमास लगायतका कृषि उपज, रैथाने बालीबाट बन्ने परिकार र परम्परागत कृषि औजारहरुसमेत प्रदर्शनीमा राखिएका छन्।

    संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (युएनएफएओ) का महानिर्देशक क्यू यु डोन्ग्युले प्रदर्शनीको अवलोकन गर्दै उक्त  प्रदर्शनीले नेपालका रैथाने बालीको विश्वभर प्रचारप्रसार हुने बताए।


    प्रतिक्रिया दिनुहोस