बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • भालुवाङ दुर्घटना: १२ जनाको मृत्यु, ८ को सनाखत


    हुलाक प्रेस

    • शनिबार, पुस २८ २०८००९:३१
    भालुवाङ दुर्घटना: १२ जनाको मृत्यु, ८ को सनाखत

    काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।

    राति १ बजेसम्मको विवरण अनुसार ५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ८ जनाको शव जेसीबीको सहायताले बसबाट बाहिर निकालिएको छ। उनीहरुको सनाखत पनि भएको छ। 

    दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौंडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ।


    प्रतिक्रिया दिनुहोस