बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एसियन कप फुटबलमा कतारको शानदार सुरुवात


    हुलाक प्रेस

    • शनिबार, पुस २८ २०८०१०:०१
    एसियन कप फुटबलमा कतारको शानदार सुरुवात

    काठमाडौँ । एएफसी एसियन कप फुटबलमा आयोजक राष्ट्र कतारले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा लेबनानलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

    जितसँगै समूह ए मा कतारले स्पष्ट ३ अङ्क पनि लिएको छ । कतारलाई जिताउन अक्रम अफिफले २ तथा अल्मोएज अलिले १ गोल गरेका थिए ।

    विश्वकपको फाइनल भएको लुसेल स्टेडियममा कतारले ४५ औँ मिनेटमा अग्रता लिएको थियो । अलिको पासमा अफिफले गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा अलीले मोहमद वादको पासमा हेडर गोल गर्दै अग्रता दोब्बर बनाए । 

    यसैगरी अतिरिक्त समयको छैटौँ मिनेटमा अफिफले व्यक्तिगत दोस्रो गोल गर्दा आयोजक राष्ट्र कतार ३–० को सहज जितका साथ प्रतियोगिता सुरुआत गर्न सफल भयो । प्रतियोगिता अन्तर्गत आज ३ खेल हुने छन् । जसमा समूह एमा रहेको चीन र ताजकिस्तानबीच प्रतिस्पर्धा हुने छ । 

    यो खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरु हुने छ । यसैगरी समूह बीमा रहेका अस्ट्रेलिया र भारतले सवा ५ बजे खेल्ने छन् भने उज्वेकिस्तान र सिरियाले राति सवा ८ बजे खेल्ने छन् ।  


    प्रतिक्रिया दिनुहोस