एजेन्सी । ह्यारी केनले बुन्डेस लिगामा यो सिजन २२ औँ गोल गर्दा बायर्न म्युनिखले १० खेलाडीमा सीमित होफेनहाइमलाई सजिलै हराएको छ ।
जर्मनीका महान् खेलाडी फ्रान्ज बेकेनबाउरलाई सम्झना गर्दै शुक्रबार खेलिएको खेलमा बायर्न ३–० गोलले विजयी बनेको हो ।
बायर्नका पूर्व खेलाडी तथा म्यानेजर बेकेनबाउरको गत आइतबार ७८ वर्षको उमेरमा निधन भएको थियो । उनले क्लबका लागि ५८२ खेल खेलेका थिए ।
खेलमा जमाल मुसियालाले दुई हाफमा एक–एक गोल गरे । खेलको अन्त्यतिर इंग्ल्याण्डका कप्तानले एक गोल थप्दै टोलीलाई जीत दिलाए ।