बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आठ राजनीतिक दलका ५१ उम्मेदवारलाई चुनाव चिन्ह प्रदान


    हुलाक प्रेस

    • शनिबार, पुस २८ २०८००५:०७
    आठ राजनीतिक दलका ५१ उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

    काठमाडौं । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।

    निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । 

    सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उमेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
     
    निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उमेदवार मैदानमा छन् । उक्त निर्वाचनका लागि यही पुस २३ गते उमेदवारी मनोनयनपत्र दर्ता भएको थियो । 

    आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् । 


    प्रतिक्रिया दिनुहोस