बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एसियन कप फुटबल : उज्बेकिस्तान र सिरियाले अङ्क बाँडे


    हुलाक प्रेस

    • आइतबार, पुस २९ २०८००९:०८
    एसियन कप फुटबल : उज्बेकिस्तान र सिरियाले अङ्क बाँडे

    काठमाडौँ । एएफसी एसियन कप फुटबलमा उज्बेकिस्तान र सिरियाले अङ्क बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक–एक अङ्क बाँडे । 

    सिरियाविरुद्ध उज्बेकिस्तानले बल पोसेसन ६४ प्रतिशत राखे पनि गोल गर्न भने असफल हुँदा एक एक अङ्कमा चित्त बुझाएका हुन् ।

    उज्बेकिस्तानका ओटाबेक शुकरोवले खेल सुरु भएको पहिलो मिनेटमै गरेको प्रहार खेर गएको थियो । त्यसैगरी छैटौँ मिनेटमा इब्राहिम हेसरको प्रहार खेर जाँदा सिरियाले गोल गर्ने अवसर गुमाएको थियो । 

    १९ औँ मिनेटमा होजिमत एर्किनोवले गरेको प्रयास खेर जाँदा उज्बेकिस्तानले मौका गुमाउन पुग्यो । ४४ ओं मिनेटमा सिरियाका पाब्लो साबागको पासमा एजेकिएल हैमले  गरेको प्रयास पनि सफल भएन । खेल अवधिभर उज्बेकिस्तानले ४ पटक टार्गेट गर्दा सिरियाले २ पटक गरेको थियो । 

    यो नतिजासँगै समूह बीमा अस्ट्रेलिया ३ अङ्कका साथ शीर्ष स्थानमा रहँदा सिरिया र उज्बेकिस्तान १–१ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । भारत भने अस्ट्रेलियासँग पराजित हुँदा अङ्क जोड्न सकेको छैन । एफसी एसिया कप अन्तर्गत आज पनि ३ वटा खेल हुने छन् । 

    नेपाली समय अनुसार समूह बीका युएई र हङकङकले राति सवा ८ बजे खेल्दा सवा नै बने इरान र प्यालेस्टाइन आमने सामने हुने छन् । यस्तै समूह डीमा रेको जापान र भियतनामको खेल सवा ५ बजे  सुरु हुने छ ।


    प्रतिक्रिया दिनुहोस