बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीले गरिन् विवाह


    हुलाक प्रेस

    • आइतबार, पुस २९ २०८००९:५५
    न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीले गरिन् विवाह

    काठमाडौं । न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले शनिबार विवाह गरेका छन् । 

    परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो ।

    न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।

    आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ । उनीहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो ।


    प्रतिक्रिया दिनुहोस