बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • चीनको कोइला खानी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो


    हुलाक प्रेस

    • सोमबार, माघ १ २०८००७:१२
    चीनको कोइला खानी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

    झेङझोउ । मध्य चीनको हेनान प्रान्तको पिङडिङशान शहरमा रहेको कोइला खानीमा शुक्रबार दिउँसो भएको दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । सो दुर्घटनामा अन्य तीन जना बेपत्ता भएका छन् ।

    दुर्घटना दिउँसो २ः५५ बजे भएको थियो । पिङडिङशान तियानान कोल माइनिङ कम्पनी लिमिटेडको कोइला खानीमा शुक्रबार कोइला र ग्यास विस्फोट भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उद्धार कार्य अझै जारी छ ।-(रासस-सिन्ह्वा)


    प्रतिक्रिया दिनुहोस