बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मेलम्चीको पानी प्रधानमन्त्रीले सिंहदरबारबाट धारा खोलेर पुन: शुभारम्भ गर्ने


    हुलाक प्रेस

    • सोमबार, माघ १ २०८००७:२७
    मेलम्चीको पानी प्रधानमन्त्रीले सिंहदरबारबाट धारा खोलेर पुन: शुभारम्भ गर्ने

    काठमाडौं । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ। 

    पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन्।

    सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाक्की अहमद अन्सारीले जानकारी दिए। जसअनुसार आजदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ।


    प्रतिक्रिया दिनुहोस